मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : सय दिने प्लान बनाउनुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई सय दिनमा आफूले गर्ने कामहरूको योजना बनाउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सय दिनसम्म सामान्यतया सरकारमाथि प्रश्न नगर्ने चलन भएपनि त्यसपछि जनताले हरेक मन्त्रीलाई प्रश्न गर्ने भन्दै ‘हनिमुन डे’को अवधिमा गर्ने कामको प्लान बनाउन निर्देशन दिएका हुन् ।
‘हामीलाई हनिमुन डे मनाउने फुर्सद छैन । रातदिन गरेर काम गर्नुछ । हरेकले त्यो अवधिमा गर्ने कामको योजना बनाउनुस्’, प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘सय दिनमा के–के गर्नुभयो ? भन्दा यो यो गरेँ । कमसेकम तीनवटा काम, पाँचवटा काम भनेर गरौँ ।’ उनले सय दिनमा हरेक मन्त्रालयकाे प्रतिवेदन सरकारले निकाल्ने भन्दै त्यो प्रतिवेदन उत्साहवद्र्धक र आकर्षक हुनुपर्ने पनि बताए । प्रधानमन्त्रीले केही राष्ट्रिय प्राथमिकताका आयोजनाहरू १५ वर्षमा १५ प्रतिशत मात्र पुरा भएको भन्दै त्यस्ता कुराहरूमा पुनरावलोकन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण