संदिप वांगा रेड्डीको स्पिरिटमा दोहोरो भूमिकामा देखिँदै प्रभास
नयाँ दिल्ली । कल्की २८९८ एडी को अपार सफलतापछि प्रभास छिटै बलिउड फिल्म स्पिरिटमा देखिँदै छन् । मिडिया रिपोर्टका अनुसार संदिप वांगा रेड्डीको यस फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने भएका हुन् ।
प्रभास फिल्ममा प्रहरी अधिकारीको भूमिकामा देखिँदै छन् । दोस्रो भूमिकामा चाहिँ उनी मुख्य भिलेन हुने बताइएको छ । अर्थात् प्रभास एउटै फिल्ममा नायक र खलनायकको दुवैको भूमिकामा देखिने छन् । प्रभासलाई दोहोरो भूमिकामा देख्न पाउनु उनका फ्यानहरूका लागि निकै रोमाञ्चक र अनौठो अनुभव हुनेछ । मिडिया रिपोर्टका अनुसार फिल्ममा अन्तरालपछि प्रभासको नेगेटिभ रोल प्रवेश हुनेछ, जसले फिल्ममा टर्निङ प्वाइन्ट सुरु हुने संकेत गर्नेछ ।
फिल्म एनिमलबाट चर्चामा आएका निर्देशक सन्दीप रेड्डी वांगा उत्कृष्ट निर्देशनका लागि परिचित छन् । प्रभासलाई नकारात्मक अवतारमा देख्नु पक्कै पनि दर्शकका लागि नयाँ अनुभव हुनेछ । प्रभास र सन्दीपको प्रोजेक्ट स्पिरिट अविस्मरणीय फिल्म हुने अनुमान गर्न सकिन्छ । तर, प्रभासको दोहोरो भूमिकाबारे अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन । तर यो जानकारीले दर्शकमा फिल्मबारे थप कौतुहलता पैदा गरेको छ । दोहोरो भूमिकामा आउने खबरले यस फिल्मप्रति प्रभासका फ्यानहरूको अपेक्षा झनै बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण