सरकारले स्रष्टाहरूको सम्मान गर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्रष्टाहरूको सम्मान गर्ने बताएका छन् । एमाले साहित्य, कला तथा संस्कृति विभागले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको स्रष्टा भेटघाट तथा कृति लोकार्पण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले जनतामा जागरण ल्याउनका लागि स्रष्टाहरूले दिएको योगदान सदा स्मरणीय रहिरहने बताए । उनले स्रष्टाहरूसँगको भेटघाट सर्वदा मिठो हुने टिप्पणी समेत गरे । जनवादी कलाकारहरू रामेश, रायन लगायतले जनचेतना अभिवृद्धिमा पुर्याएको योगदान अतुलनीय रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
एमालेले पछिल्लो केही वर्ष यतादेखि साउन १५ गते खिर खाने दिनको अवसर पारेर स्रष्टाहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गर्दै आएको छ । प्रधानमन्त्री ओलीले सो कार्यक्रमले स्रष्टाहरूले देश र जनताका लागि दिएको योगदानको स्मरण गराउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण