बस्ती पस्यो बागमती, यी नदी किनारमा सतर्कता अपनाउन आग्रह
बुधबार, १६ साउन २०८१, ०६ : ३१
काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा रातभर मध्यमदेखि भारी वर्षा भएको छ । जसकारण बागमती, विष्णुमतीलगायतका नदीले खतराको तह पार गरेका छन् ।
बागमती नदी ठाउँ ठाउँमा बस्तीमा पसेको छ । साथै यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभाग आग्रह गरेको छ । यता ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।
भक्तपुरको हनुमन्ते खोला, वाग्मतीको गौरीघाट जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेर बस्ती जलमग्न भएकाे छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो स्थानमा रहेर पनि विश्वकपको अन्तिम ३२ मा छनोट भए यी आठ टिम, गोलअन्तरकै कारण बाहिरियो इरान
-
अमेरिकी हवाई आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन : इरान
-
रास्वपाको दस्ताबेजले लोकतन्त्रको आधार हल्लाउन खोज्दैछ : नेकपा
-
नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज
-
श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?
-
‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण