नेपालको पछिल्लो दशक विकास र उन्नतिको दशक हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो दशकलाई नेपालको आर्थिक विकास र उन्नतिको दशको रूपमा चित्रण गरेका छन् ।
मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै उनले पछिल्लो ७० देखि ८० को दशकमा नेपालमा राजनीतिक परिवर्तनको दशक मात्रै नभएर आर्थिक विकास र उन्नतिको दशकको रूपमा रहेको दाबी गरेका हुन् ।
आइतबार ललितपुरमा आयोजित सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले विकास प्रक्रिया ढिलो भएपनि पछिल्लो देशमा नेपाली जनजीवनले आधुनिक युगमा प्रवेश गरेको जिकिर गरे । उनले बनमा गोठालो जाँदा समेत फोन गर्ने अवस्था मुलुकमा आएको दृष्टान्त पेस गर्दै केही पनि भएन भन्न नमिल्ने तर्क गरे । सडक, विद्युत्, अस्पताललगायतका पूर्वाधार निर्माणको काम मुलुकमा अभियानको रूपमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले नेपालमा योजनाबद्ध विकासको थालनी राजा महेन्द्रले गरेपनि त्यसले निरन्तरता पाउन नसकेको र २०४६ सालपछि पनि निजीकरणको कारण विकास, निर्माणको कामले गति लिने अवस्था नबनेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण