घर काम गर्ने नै चोरी गरी फरार
बुधबार, २३ साउन २०८१, २१ : ०५
लमजुङ । घरायसी काम गर्न राखेका एक व्यक्तिले नै घरमा चोरी गरेर फरार भएका छन् । बेसीसहर नगरपालिका-११ तिनपिप्ले बस्ने ५५ वर्षीया पार्वती श्रेष्ठको घरबाट नगद ५ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको हो ।
पार्वतीकै घरमा घरायसी काम गरी बस्ने पाल्पा घर भएका ४० वर्षीय पुरुषले घरमा कोही नभएको अवस्थामा उक्त नगद चोरी गरी फरार भएका हुन् । चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चितिबाट खटिएको प्रहरीले उनको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण