कविता
मानिस जति धेरै पढ्छ
शनिबार, २६ साउन २०८१, १६ : ५५
१
मानिस जति धेरै पढ्छ
उति धेरै उसमा घमण्ड चढ्छ
मानिस जति ठुलो पदमा पुग्छ
त्यति धेरै घमण्डको मदमा हुन्छ
अनि उसले बिर्सन्छ
म को हुँ भन्ने
तत् पश्चार्ध रत्तिभर पनि
अरूलाई नगन्ने
माथिबाट ऊ सबैलाई
तल तल देख्छ
अरूको नाम मेटाउदै
आफ्नो नाम लेख्छ
उसले बिर्सन्छ पुर्खा
उसले बिर्सन्छ संस्कार
उसले चिन्दैन उज्यालो
उसले चिन्दैन अन्धकार
बेलुन झैँ बढ्दै बढ्दै
अहङ्कारले ऊ फूल्छ
जसको कारणले ऊ बन्यो
उनीहरूलाई नै भुल्छ
आफूभन्दा जान्ने कोही
छैन जस्तो ठान्छ
सुन्दैन अर्ति उपदेश
न त बडोलाई मान्छ
मानिस जति धेरै पढ्छ
उति धेरै उसमा घमण्ड चढ्छ
मानिस जति ठुलो पदमा पुग्छ
त्यति धेरै घमण्डको मदमा हुन्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण