जयपृथ्वी राजमार्ग अवरुद्ध
आइतबार, २७ साउन २०८१, १५ : ३१
बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
बैतडीको सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन् । सयौँ यात्रुबिच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । “वर्षा रोकिएको छैन, पहिरो पन्छाउन सकस भइरहेको छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण