खुल्यो जयपृथ्वी राजमार्ग
आइतबार, २७ साउन २०८१, २१ : ५३

बैतडी । लगातारको वर्षापछि खसेको पहिराका कारण अवरुद्ध बनेको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ ।
सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरो पन्छाइपछि यातायात सञ्चालन भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?