१४६ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा १४६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ मा ३९ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।
समीक्षा वर्षमा कम्पनीले ९ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ बीमा शुल्क उठाएको थियो ।
कम्पनीको वित्तीय रिपोर्ट अनुसार गत आर्थिक वर्ष २०८०/८१ को अन्तसम्ममा महाविपत्ति कोषमा ३४ करोड ६८ लाख रुपैयाँ जम्मा भएको छ भने रिटेन्ड अर्निङ्गमा ५६ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको जीवन बीमा कोष ३३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने आर्थिक वर्षमा पुनर्बीमामार्फत कम्पनीले ३६ करोड ८८ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १९ करोड ६५ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ८.७२ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३०.५६ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण