महान्यायाधिवक्ता कार्यालयमा प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता कार्यालयको अनुगमन भ्रमण गरेका छन् ।
महान्यायाधिवक्ता रमेश बडालको नियुक्तिपछि प्रधानमन्त्री ओली पहिलो पटक सरकारी वकिलको मुख्यालय (महान्यायाधिवक्ता कार्यालय) को भ्रमणमा पुगेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो । सरकार परिवर्तनसँगै महान्यायाधिवक्ता पनि परिवर्तन हुने अभ्यास रहेको छ ।
सरकारवादी भएका मुद्दाहरू महान्यायाधिवक्ता कार्यालय मातहत रहेका सरकारी वकिलहरूले प्रतिरक्षा गर्दछन् । जिल्ला तहमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारवादी मुद्दाको प्रतिरक्षा गर्दछ भने उच्च अदालत तहमा उच्च सरकारी वकिल कार्यालय रहेका हुन्छ ।
त्यस्तै विशेष अदालतका लागि अलग्गै विशेष सरकारी वकिलको कार्यालय रहेको छ । सर्वोच्चको हकमा महान्यायाधिवक्ता कार्यालयले नै प्रतिरक्षा गर्दछ । त्यस बाहेक महान्यायाधिवक्ता सरकारलाई कानुनी सल्लाह दिनुका साथै सरकारी निकायहरूलाई पनि कानुनी राय उपलब्ध गराउँछ । त्यस्तै प्रदेशमा कुनै विवाद भएमा मुख्य न्यायाधिवक्ताले राय दिने कानुनी व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण