समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर हुँदा अपराध बढ्यो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर भएका कारण अपराधहरू बढिरहेको बताएका छन् । शनिबार मुलुकीसंहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धनहरू कमजोर भएको बताएका हुन् ।
उनले यस प्रकारको अदृश्य बन्धनहरू कमजोर हुँदा अपराधहरू बढेको र अदालतमा धेरै मुद्दाहरू परेका बताए । उनले समाजलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धनहरूको प्रवर्द्धन गर्नुपर्ने बताए ।
उनले भने–‘दण्ड, सजायले मात्रै समाज चल्दैन । समाज सामाजिक प्रबन्धहरूले चल्छ । प्रहरी, अदालत, अपराध भइसकेपछि अनुसन्धान गर्नेले अथवा अपराध भइसकेपछि अभियोजन गर्नेले, अभियोजन भइसकेपछि बहस गराएर सुनेर फैसला गर्ने निकायहरूले रक्षा नै गर्न सक्दैनन् । शान्ति, सुव्यवस्थाको पनि रक्षा गर्न सक्दैनन् । यदि नागरिक सचेत भएनन् भने । नागरिकले आफ्नो दायित्व बुझेन भने । प्रजातन्त्र भनेको त नागरिक समाजकै सरकार हो, शासन हो । व्यवस्था हो । त्यो कुरा नबुझेर यो सरकार मेरो हो । यो शासन मेरो हो । यो प्रणाली मेरो हो भन्ने बुझेन भने प्रहरीले केही काम गर्न सक्दैन । अदृश्य बन्धन जुन हुन्छ समाजलाई पथप्रदर्शन गर्ने, सुव्यवस्थासाथ चलाउने । ती अदृश्य बन्धनहरू कमजोर भएका छन् । नैतिक बन्धनहरू कमजोर भएका छन् । वाचा बन्धनहरू कमजोर भएका छन् । सामाजिक बन्धनहरू कमजोर भएका छन् । त्यस कारण अहिले मुद्दा नै मुद्दा भएका छन् । किनभने यी अदृश्य बन्धनहरू कमजोर भए । पहिले पहिले भगवान्ले देखिराखेको छ भन्ने मान्छेलाई पर्थ्यो । अहिले भगवान्ले देखिराखेको भन्ने मान्दैन उसले । कसैले पनि देखेको छैन भनेपछि जे गरे पनि हुन्छ भन्ठान्छ । हरेक ठाउँमा प्रहरी पुगेर कसरी हेर्छ त ? त्यो त हेर्दैन । इमानबाट चल्ने अदृश्य बन्धनहरू समाजका हुन्छन् । तिनीहरूबाट चल्ने परिपाटी हामीले नैतिक बन्धन, सामाजिक, सांस्कृतिक बन्धन, वाचा बन्धन, लिखतका बन्धन यस्ता बन्धनहरुलाई प्रमोट गर्नुपर्ने आवश्यकता देख्छु । यो शिक्षा, मनोवैज्ञानिक उपचार लगायका प्रश्नहरूमार्फत गरिने कुरा हो । यसो नगर्दा खेरी हामी जति कानुनमा संशोधन गरौँ । जेसुकै गरौँ, फेरि समस्या जति जेल बनाए पनि नपुग्ने अवस्था जस्तो बन्न सक्छ । यतापट्टि जनचेतनाको अभिवृद्धितर्फ, आपराधिक मनोवृत्ति घटाउने र निर्मूलनतर्फ ध्यान जानुपर्ने देख्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण