दुई करोड लागतमा गौरमा अत्याधुनिक पशु तथा कृषि प्रयोगशाला निर्माण हुँदै
रौतहट। रौतहटको सदरमुकाम गौरमा दुई करोडभन्दा बढीको लागतमा आधुनिक पशु तथा कृषि प्रयोगशाला भवन निर्माण सुरु भएको छ।
गौरका मेयर शम्भु साहले गौर १ तरकारी बजारस्थित स्वास्थ्य कार्यालय छेउमै कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण भइरहेको जानकारी दिए।
भवन निर्माणपछि स्थानीयस्तरमै माटो परीक्षण, पोखरीको पानी परीक्षण, विभिन्न प्रकारको बिउ, मलखाद परीक्षण हुने बताइएको छ। त्यस्तै पशु प्रयोगशालातर्फ गोबर परीक्षण, पशुको रगत तथा पिसाब परीक्षण, पशुको अपरेसन, कृत्रिम गर्भधारण, पशुको अल्ट्रासाउन्ड, एक्स-रे लगायतका सुविधा उपलब्ध हुने मेयर साहले जानकारी दिए।सङ्घीय सरकारको कुल २ करोड ३० लाख ४० हजारको लागतमा निर्माण भइरहेको भवनको ठेक्का सिएम कन्स्ट्रक्सन जोरपाटी काठमाडौँले लिएको छ।
भवनको भुईँ तलामा कृषि र पशुको दुई वटा ल्याब, पहिलो तल्लामा ५० जना अटाउने सेमिनार हल , दोस्रो तल्लामा गेस्ट हाउस रहने जनाइएको छ। अगामी २०८२ साल वैशाख मसान्त भित्र भवनको निर्माण कार्य सम्पन्न हुने लक्ष्य रहेको मेयर साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण