साफ यु–२० च्याम्पियनसिप फुटबल : उद्घाटन खेलमा नेपालले श्रीलंकालाई हरायो
काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले आइतबार घरेलु मैदानमा खेलिएको खेलमा श्रीलंकालाई १–० गोलले हराएको हो । नेपाली टोलीले पहिलो हाफमै अग्रता लिएको थियो ।
खेल सुरु भएको २३औँ मिनेटमा नेपालका लागि निराजन धामीले पहिलो गोल गरेका थिए । त्यही गोल नै नेपालको जितका लागि पर्याप्त भयो । प्रारम्भदेखि नै नेपालले भ्रमणकारी टोली श्रीलंकालाई दबाबमा राखेको थियो ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइएको हो । उद्घाटन खेल दशरथ रंगशालामा खेलाइने भनिए पनि मैदानको अवस्था सन्तोषजनक नरहेकाले अन्तिम समयमा एन्फा कम्प्लेक्सको मैदानमा सारिएको थियो ।
प्रतियोगितामा दक्षिण एसियाका ६ वटा राष्ट्रको सहभागिता रहेको छ । नेपाल र श्रीलंकाका अतिरिक्त भारत, बंगलादेश, माल्दिभ्स र भुटान पनि सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण