अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई शपथ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा मनोनित केन्द्रीय सदस्यलाई शपथ गराएका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले केन्द्रीय सदस्यद्वय मञ्जु शर्मा चालिसे (बागलुङ) र कुन्दन कुसवाह (रौतहट) लाई शपथ गराएका थिए ।
अध्यक्ष ओलीले पार्टीको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च) मा भएको व्यवस्थाअनुसार मनोनित केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् । गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्य र १६ जना केन्द्रीय सदस्यलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो ।
मनोनित गरिएका दुई जना केन्द्रीय सदस्य शपथ छुटेकाले आज गराइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए । बाँकी सदस्यलाई गत साउन २० गते शपथ गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण