जो फोटो खिचेरै हातमुख जोड्छन्
काठमाडौँ । आज विश्व फोटोग्राफी दिवस । फोटोग्राफी विज्ञान र कलाको संयुक्त स्वरूप हो ।
_VjcSpMXRki.jpg)
विज्ञानद्वारा आविष्कार गरिएको क्यामरा र कलात्मक ढङ्गले यसको प्रयोगबाट सुन्दर फोटोको सिर्जना हुने गर्दछ । फोटो र ग्राफी यी दुई भिन्न शब्दद्वारा फोटोग्राफी शब्द बनेको हो । जसको अर्थ प्रकाशको सहायताले चित्र कोर्नु भन्ने लाग्छ ।
_uK0FnQD4ZE.jpg)
काठमाडौँको स्वयम्भू महाचैत्य क्षेत्र वरिपरि फोटो खिच्नेहरूको लागि भने बिहान बेलुका हातमुख जोड्ने माध्यम हो, घरपरिवारको लागि घर खर्चको जोहो गर्ने माध्यम हो फोटोग्राफी ।
_n9nLiSAtlE.jpg)
स्वयम्भू महाचैत्य क्षेत्र वरिपरि अहिले ५० देखि ६० जना सम्म फोटोग्राफरहरू बस्ने गर्दछन् । उनीहरू बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म त्यहाँ आउने आगन्तुकहरूको फोटो खिँच्ने गर्दछन् । प्रति फोटो २० रुपैयाँसम्म लिने उनीहरूको दैनिक आम्दानी १५ सय देखि २५ सय सम्म हुने गर्दछ, भने शनिबार अन्य दिनको तुलनामा अलि राम्रो हुने रिदम सुनुवारले बताए ।
_NePWFrDM59.jpg)
रिदमले ६ महिना अगाडी मात्र स्वयम्भू क्षेत्रमा फोटो खिँच्ने काम गर्न थालेका हुन्, उनको स्थायी ठेगाना सिन्धुली भएता पनि हाल माछापोखरी बस्ने गर्दछन् । ६ महिना अगाडि क्यामरा भाँडामा लिएर काम सुरु गरेको रिदमसँग अहिले आफ्नै क्यामरा छ । उनी काठमाडौँको बसाई खर्च काटेर पनि आमाबाबुको लागि घरखर्च पठाउने गर्दछन् ।
_rQeWOVpqMr.jpg)
जेम्स नेम्वाङ– उमेर २६, स्थायी ठेगाना झापा, पढाई स्नातक । उनी विगत ४ वर्ष देखि स्वयम्भू क्षेत्रमा फोटो खिँच्ने काम गर्दै आएका छन् । कोरोना महामारीको समयमा केही असहज भएता पनि अहिले भने काम गरेर खाने राम्रो वातावरण बनेको उनी बताउँछन् । पहिले होटल क्षेत्रमा काम गरेका जेम्सको मासिक तलब १५ हजार मात्र थियो तर अहिले भने यहाँ १५ हजार एक हप्तामै कमाई हुने उनले सुनाए ।
_S4tSLqTJHh.jpg)
यहाँ फोटो खिँचेर बस्ने सबैसँग आफ्नै क्यामरा भने छैन, उनीहरू प्रत्येक दिनको कमाई क्यामरा साहुलाई आधा र आफू आधा राख्ने गरि क्यामरा भाँडामा लिने गर्दछन् । सुदूरपश्चिम बैतडीका सुरज चन्दसँग भने आफ्नै क्यामरा छैन, उनी पनि ६ महिना अगाडी मात्र सो क्षेत्रमा फोटो खिँच्ने काम गर्न आएका हुन । चिन्ने एक जनासँग दैनिक कमाइको आधा आधा बाँड्ने गरि क्यामरा ल्याएका उनी यस कामबाट पूर्ण रूपमा सन्तुष्ट छन् । कमाइको केही रकम उनले आमाबाबुका लागि छुटाउने गर्दछन् भने बाँकी आफ्ना लागि राख्छन् ।
_VD1i6aZwCB.jpg)
_kc3bqdiXCg.jpg)
_6KshbPbrx7.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण