साफ यू–२० च्याम्पियनसिप फुटबल : पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालको अग्रता
बिहीबार, ०६ भदौ २०८१, १६ : १५
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले पहिलो हाफमा बंगलादेशविरुद्ध अग्रता हासिल गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा नेपालले पहिलो हाफमा बंगलादेशमाथि २–१ गोलको अग्रता लिएको हो ।
नेपालका लागि पहिलो हाफमा समिर तामाङ र निराजन धामीले एक–एक गोल गरेका छन् । भ्रमणकारी टोली बंगलादेशका लागि भने एकमात्र गोल मिरजुल इस्लामले गरेका हुन् ।
नेपाल र बंगलादेश दुबै टोली यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ । बिहीबारको खेलले समूह विजेताको टुंगो लगाउने छ ।
समूह ‘ए’ मा नेपाल र बंगलादेश दुबैको तीन–तीन अंक छ । उक्त समूहमा तेस्रो टोलीको रुपमा रहेको श्रीलंका भने दुई हारसँगै उपाधि होडबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण