सामाजिक सञ्जालमा हेर्न-सुन्न नसकिने जे आइरहेको छ, त्यो वाक स्वतन्त्रता होइन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आउने अमर्यादित विषय वाक स्वतन्त्रताभित्र नपर्ने बताएका छन् । शनिवार काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा कलाकार सुमन कोइरालाले सोधेको वाक स्वतन्त्रता के हो भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले निर्वाध सत्य कुरा सहि ढंगले देशका लागि जनताका लागि बोल्न पाउने कुरा नै वाक स्वतन्त्रता भएको बताए ।
उनले भने– ‘वाक स्वतन्त्रताका नाममा आजकाल सामाजिक सञ्जालहरुमा जे आइरहेको छ, हेर्न नसकिने, सुन्न नसकिने खालको जे आइरहेको छ यो वाक स्वतन्त्रता होइन, त्यसको दुरुपयोग हो । त्यो लोकतन्त्रको दुरुपयोग हो । यसले समाजलाई योगदान के गर्छ ? केही योगदान गर्दैन । राम्रा कुराहरु गरौँ । सरकारले प्रतिबन्द्ध लगाउने के गर्ने भन्दा पनि आफै नियम कानुनको पालना गर्ने हुनुपर्छ । आफै कानुन मान्ने, आफै आचारणमा बस्ने, सामाजिक मर्यादा परिपालना गर्ने परिपाटी बसाउनुपर्छ ।’
उनले वाक स्वतन्त्रता भनेको सत्य कुरा बोल्न कसैले रोक्न नपाउने कुरा भएको उल्लेख गरे । आफूलाई त्यो किन सत्य लाग्यो भन्नेमा पनि जिम्मेवार हुनुपर्ने बताए । अनुमानका आधारमा कसैलेको परिवार विग्रिनेगरी, जिवन विग्रनेगरी बोल्ने हो भने समाज भाँडिने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण