सरकारले संविधान दिवसको अवसरमा नेसनल डे कन्सर्ट गर्ने
आइतबार, ०९ भदौ २०८१, २० : ४९
काठमाडौँ । नेपाल सरकारले यस वर्ष संविधान दिवसको अवसरमा नेसनल डे कन्सर्ट गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले नेसनल डे कन्सर्ट गर्ने (राष्ट्रिय दिवस उत्सव) निर्णय गरेको हो । नेपाल सरकारले सैनिक मान्छ टुँडिखेलमा औपचारिक कार्यक्रम गरे पछि नारायणहिटी दरबार अगाडिको खुला स्थानमा नेसनल डे कन्सर्ट गर्न लागेको हो ।
नेपालका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम सरकारको पनि सहभागिता रहने बैठक पछि गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जानकारी दिए । यस्तै सरकारले संविधान दिवसको अवसरमा निजी क्षेत्रलाई विभिन्न विषयमा छुट सहुलियत पनि दिने भएको छ । छुट सहुलियत दिनको लागि सबै मन्त्रालयको सचिवहरू भएको एक उपसमिति बनाइएको पनि सचिव अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण