रवि तेजा सेटमै घाइते, शल्यक्रिया गरियो
हैदराबाद । चर्चित भारतीय अभिनेता रवि तेजा हालै आगामी फिल्म #RT75 को सुटिङका क्रममा सेटमा घाइते भएका छन् । चोट गहिरो भएकाले गत बिहीबार दाहिने हातको मांसपेशीको शल्यक्रिया गर्नुपरेको थियो ।
चिकित्सकले उनलाई ६ साता ओछ्यानमा आराम गर्न सल्लाह दिएका छन् । अब अभिनेता आफैले आफ्नो स्वास्थ्यको बारेमा अपडेट दिएका छन्।
रविले एक्समा ट्विट गर्दै लेखेका छन्– मलाई शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । अहिले मलाई राम्रो महसुस भइरहेको छ। तपाईं सबैको आशीर्वाद र समर्थनको लागि धन्यवाद। म पनि छिट्टै सेटमा फर्किन उत्साहित छु ।
मिडिया रिपोर्टका अनुसार फिल्मको सुटिङका क्रममा अभिनेताको दाहिने हातको मांसपेशीमा चोट लागेको थियो । तर, उनले यसतर्फ ध्यान दिएनन् र सुटिङ जारी राखे । फलस्वरूप, उनको अवस्था बिग्रियो र शल्यक्रिया गर्नुपर्यो। फ्यानहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
रवि तेजा अन्तिम पटक अजय देवगन स्टारर राइडको तेलुगु रिमेक मिस्टर बच्चन फिल्ममा देखिएका थिए। यससँगै आगामी दिनमा अभिनेता भानु बोगवरुपु निर्देशित फिल्ममा देखिनेछन् । यो चलचित्रको नाम भने अझै फाइनल भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण