बीआरएस नेतृ कवितालाई सर्वोच्च अदालतले दियो जमानत
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले मंगलबार तेलंगाना राज्यको पूर्वमुख्यमन्त्री के चन्द्रशेखर राव (केसीआर)की छोरी र भारत राष्ट्र समिति (बीआरएस)की नेता कल्वकुन्तला कविता (के कविता) लाई जमानत दिएको छ ।
दिल्लीको रक्सीसम्बन्धी अन्तःशुल्क मुद्दामा उनले जमानत पाएकी हुन् । अदालतले दिल्ली उच्च अदालतको आदेशलाई पनि खारेज गरेको छ । सो आदेशमा दिल्ली उच्च अदालतले के कविताको जमानत याचिका खारेज गरेको थियो ।
दिल्ली अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा के कविताले अन्ततः जमानत पाएकी छिन् ।
‘हामी सबै धेरै खुसी छौँ। अदालतले हाम्रा सबै तर्कहरू स्वीकार गरी जमानत दियो । तर सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने, जमानतको मामिलामा महिलाको अधिकारको लागि दिशा निर्देश दिने यो एउटा ऐतिहासिक निर्णय हुनेछ,’ के कविताका वकिल अनुज तिवारीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण