‘एक्लो’ मा अभिनय गर्न बेलायती अभिनेता जेमी बेकन काठमाडौँमा
काठमाडौँ । बेलायती अभिनेता जेमी बेकन काठमाडौँ आएका छन् । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।
बुधबारबाट छायांकन सुरु हुने फिल्म ‘एक्लो’ अभिनयका लागि उनी नेपाल आएका हुन् । उनलाई निर्देशक प्रदीप शाही, अभिनेत्री दिया पुन, कविता नेपाली लगायतले ढाकाटोपी र फूलमालामा स्वागत गरे । उनले आफू पहिले देखिनै नेपाल आउन चाहेपनि अहिले संयोग जुरेको बताए ।
बेकन यो फिल्मको लागि बेलायती निर्माण साझेदारको रूपमा समेत छन् । फिल्मले नेपाल र बेलायतबिच बलियो सम्बन्ध बनाउने उनको विश्वास छ ।
बेकन नेटफ्ल्क्सि शृङ्खला ‘व्हाइट लाइन्स’मा शीर्ष भूमिका र स्टीवन कुकसनको फिचर फिल्म ‘ब्राइटन’मा सहायक भूमिकाका लागि परिचित छन् । साइन्स–फिक्सन फिल्म ‘एक्लो’मा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्नेछन् । फिल्म प्रदीप शाहीले निर्देशन गर्न लागेका हुन् । अभिनेता बेकन ३० दिन नेपालमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण