‘एक्लो’ मा अभिनय गर्न बेलायती अभिनेता जेमी बेकन काठमाडौँमा

काठमाडौँ । बेलायती अभिनेता जेमी बेकन काठमाडौँ आएका छन् । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।
बुधबारबाट छायांकन सुरु हुने फिल्म ‘एक्लो’ अभिनयका लागि उनी नेपाल आएका हुन् । उनलाई निर्देशक प्रदीप शाही, अभिनेत्री दिया पुन, कविता नेपाली लगायतले ढाकाटोपी र फूलमालामा स्वागत गरे । उनले आफू पहिले देखिनै नेपाल आउन चाहेपनि अहिले संयोग जुरेको बताए ।
बेकन यो फिल्मको लागि बेलायती निर्माण साझेदारको रूपमा समेत छन् । फिल्मले नेपाल र बेलायतबिच बलियो सम्बन्ध बनाउने उनको विश्वास छ ।
बेकन नेटफ्ल्क्सि शृङ्खला ‘व्हाइट लाइन्स’मा शीर्ष भूमिका र स्टीवन कुकसनको फिचर फिल्म ‘ब्राइटन’मा सहायक भूमिकाका लागि परिचित छन् । साइन्स–फिक्सन फिल्म ‘एक्लो’मा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्नेछन् । फिल्म प्रदीप शाहीले निर्देशन गर्न लागेका हुन् । अभिनेता बेकन ३० दिन नेपालमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत