सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सघाउने खालका अनुसन्धान गर्न प्रधानमन्त्रीको आग्रह

बुधबार, १२ भदौ २०८१, २० : २६
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सघाउने खालका अनुसन्धान गरी नीतिगत सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गरेका छन् ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार प्रतिष्ठानका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य र विकाससँग जोडिएर मन्त्रालयहरू र विश्वविद्यालयहरूसँग संयोजन गरी अनुसन्धान हुनुपर्नेमा जोड दिँदै प्रमाणका आधारमा मात्रै नीति तर्जुमा गर्नुपर्ने बताएका हुन् । 

अनुसन्धान प्रतिष्ठान आफैँ एक्लै काम गरेर परिणाम नआउने र देशको आवश्यकतालाई सम्बोधन नहुने भएकोले अनुसन्धान र उच्चतम प्रविधिलाई साथ लिएर देशको विकास गर्ने सरकारको प्राथमिकता रहेको सुनाए । प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. लेखनाथ शर्माले  विभिन्न मन्त्रालयको समन्वयमा हालसम्म ५० अनुसन्धान गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा उक्त प्रतिष्ठानको स्थापना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप