अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुष पक्राउ
बिहीबार, १३ भदौ २०८१, २३ : ३३

अमेरिका । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका हुन् ।
उनलाई राति ८ बजेपछि ट्राफिक स्टपबाट पक्राउ गरिएको हो । पक्राउ गरिएलगत्तै ह्युस्टन प्रहरीले शाहविरुद्ध हत्या मुद्दा दायर गरेको छ ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डे गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो। मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने