सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छ : प्रधानमन्त्री ओली

शनिबार, १५ भदौ २०८१, १५ : ३२
शनिबार, १५ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल २० महिना १५ दिन बाँकी रहेको बताएका छन् । शनिवार क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको कार्यकालभन्दा एक हप्ता अघि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताए । 

उनले भने– ‘मलाई मन नपराउनेहरूलाई खुसीको खबर भन्न चाहन्छु । मेरो यस पटकको प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छ । त्यो भन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु मैले । बढी खाऊँ भन्ने होइन कि समयमै हस्तान्तरण गरौँ भन्ने मेरो नीति हुन्छ ।’ 

प्रधानमन्त्री ओलीले राजनीतिलाई घृणा गर्ने सामाजिक अराजकता बढेर गएको दाबी गरे । यस्तो अराजकताले समाजको हित नगर्ने उल्लेख गरे । 

उनले भने– ‘राजनीतिलाई घृणा गर्ने भन्ने कुरा, व्यवस्थालाई घृणा गर्ने भन्ने कुरा, थिति बनेको व्यवस्थालाई घृणा गर्ने भनेको सामाजिक अराजकता मात्र हो । त्यसले समाजलाई कुनै राम्रो अवस्थामा पुर्याउँदै पुर्‍याउँदैन । ती कुराले समाजलाई बेथितितिर लान्छ, घृणाले समाजलाई छिन्नभिन्न मात्रै गर्छ । हामीले प्रजातान्त्रिक समाज स्थापना गर्न खोजेको हो । हामीले सकारात्मक, विनम्र, शान्त जीवन पद्धति, नरम, राम्रो कुरा गर्ने जीवनपद्धति, सबैको अधिकारलाई सम्मान गर्ने जीवन पद्धति खोजेको हो ।’ 

उनले आफू विरुद्ध नाराबाजी गर्नेहरूलाई छोडिसकेको बताउँदै कसले के गर्छ त्यसलाई राज्यका निकायले समाउने बताए । उनले देशमा कानुनी राज हुनुपर्ने र अधिनायकवाद हुन नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप