एनसेलबारे मन्त्रिपरिषद्को निर्णयमा साहको आपत्ति
मङ्गलबार, १८ भदौ २०८१, १४ : २२
काठमाडौँ । आम जनता पार्टी (आजपा) सांसद प्रभु साहले एनसेललाई किस्ताबन्दीमा राजश्व तिर्ने गरी नवीकरण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा आपत्ति जनाएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले करदाता कार्यालयले तोकेको राजश्व नलिईकन किस्ताबन्दीमा राजश्व लिने गरी नवीकरण गर्ने निर्णयमा आपत्ति जनाएका हुन् ।
‘यो अर्बौ राजश्व हिनामिना हुने गरी सरकारले के आधार र कुन कानुनमा टेकेर नवीकरण गरियो । प्रधानमन्त्रीको एनसेलसँग के कनेक्सन हो छ‚’ उनले प्रश्न गरे ।
सांसद साहले कानुन सबैलाई किन समान हुँदैन भन्ने प्रश्न गरे । उनले आम जनताले आफ्नो संस्था नवीकरण गर्दा एनसेल जस्तै राजश्व छुट पाउँछ कि पाउँदैन भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण