हिमालयन टाइगरसँगको भेटमा प्रधानमन्त्री ओलीको ‘रेस्लिङ मुड’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रेस्लर भरतबहादुर विसुरालले भेट गरेका छन् ।
हिमालयन टाइगरको नामले समेत परिचित उनी ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले बिहीबार विसुरालसँगको भेटबारे रमाइलो तरिकाले फोटोसहित एक पोस्ट गरेका छन् । ओलीले विसुरालसँगको भेट ‘रेस्लिङ मुड’ मै भएको बताएका छन् । सार्वजनिक फोटोमा विसुरालले रेस्लिङ शैलीमा ओलीलाई विजयी भावमा प्रस्तुत गरेको देखिन्छ भने सो क्रममा ओलीमा पनि विजयी भाव देखिएको छ ।
ओलीले भनेका छन्,‘रेस्लर भरतबहादुर विसुराललाई हामी हिमालयन टाइगर पनि भन्छौँ । उहाँसँग आज भेट भयो । भेटघाट पनि रेस्लिङ मुडमै थियो ।’
नेपालमा हिमालयन टाइगरले नै रेस्लिङ भित्र्याएको बताइन्छ । विसुरालले आफू प्रधानमन्त्रीलाई भेटेर बधाई दिन बालुवाटार पुगेको र सोही क्रममा ओलीसँग रेस्लिङ मुडमा फोटो खिचाएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण