पूर्वमुख्यमन्त्री कार्की अनशन स्थलबाटै प्रहरी नियन्त्रणमा
विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । कार्की भने प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका थिए ।
उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । उनीहरूको उपस्थितिकैबिच प्रहरीले कार्कीलाई अनशन स्थलबाट नियन्त्रणमा लिएको हो । त्यसक्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबिच झडपसमेत भएको छ ।
माइकिङ गर्दा पनि नहटीकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो । त्यसक्रममा दुई पक्षबिच दोहोरो झडप भएको थियो । केदारका समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुडा गरेका थिए भने सुरक्षाकर्मीले लाट्ठी चार्ज गरेको थियो । झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
नियन्त्रणमा लिइएका पूर्वमुख्यमन्त्री कार्कीलाई उनकै निवास मोरङ बुढीगंगा छोडिदिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले गर्याे अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार
-
हार के हो ? नेदरल्यान्ड्सलाई सोध
-
लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन (फोटोफिचर)
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
-
गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
-
युएनडीपीले भन्याे– पश्चिम एसिया द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण