चीनको लागि जासुसी गर्ने पूर्वसीआईए अधिकारीलाई १० वर्षको जेल सजाय
बिहीबार, २७ भदौ २०८१, ११ : ०९

वासिङ्टन डिसी । अमेरिकाले पूर्वसीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाएको छ । चीन सरकारका लागि जासुसी गरेपछि ७१ वर्षीय आलेक्जेन्डर युक चिङ मालाई सो सजाय सुनाइएको हो ।
आफूले अमेरिकाको गोप्य दस्ताबेज चीनलाई बेचेको उनले अन्डरकभर एबपीआई एजेन्टसामु स्वीकार गरेपछि मा सन् २०२० को अगस्टमा समातिएका थिए ।
हङकङमा जन्मिएका मासँग अमेरिकी नागरिकता छ । उनले सन् १९८२ देखि सन् १९८९ को बिचमा सीआईएका लागि काम गरेका थिए । पछि उनी एफबीआईमा गए । हङकङमा रेकर्ड भएको एउटा भिडियोमा माले गोप्य दस्ताबेज बेचेर ५० हजार डलर नगद गनिरहेको देखिएको सङ्घीय अभियोजनकर्ताहरूले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन