चीनको लागि जासुसी गर्ने पूर्वसीआईए अधिकारीलाई १० वर्षको जेल सजाय
बिहीबार, २७ भदौ २०८१, ११ : ०९
वासिङ्टन डिसी । अमेरिकाले पूर्वसीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाएको छ । चीन सरकारका लागि जासुसी गरेपछि ७१ वर्षीय आलेक्जेन्डर युक चिङ मालाई सो सजाय सुनाइएको हो ।
आफूले अमेरिकाको गोप्य दस्ताबेज चीनलाई बेचेको उनले अन्डरकभर एबपीआई एजेन्टसामु स्वीकार गरेपछि मा सन् २०२० को अगस्टमा समातिएका थिए ।
हङकङमा जन्मिएका मासँग अमेरिकी नागरिकता छ । उनले सन् १९८२ देखि सन् १९८९ को बिचमा सीआईएका लागि काम गरेका थिए । पछि उनी एफबीआईमा गए । हङकङमा रेकर्ड भएको एउटा भिडियोमा माले गोप्य दस्ताबेज बेचेर ५० हजार डलर नगद गनिरहेको देखिएको सङ्घीय अभियोजनकर्ताहरूले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण