सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद्

प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने

बिहीबार, २७ भदौ २०८१, ११ : १६
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । मन्त्रीमण्डललाई पूर्णता दिएसँगै मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्ययोजना मागेका प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् ।  त्यसका लागि आज बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएका छन् ।

कार्यसम्पादन सम्झौता गर्न प्रधानमन्त्रीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएको एक मन्त्रीले जानकारी दिए ।  त्यसका लागि दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदरबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सुशासन र स्थिरताका लागि भन्दै गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको दुई महिना पुग्न लागेको छ । तर सरकार र मन्त्रीहरूले जनसरोकारका विषयमा देखिने गरी काम गर्न नसकेको नागरिकको गुनासो कम हुन सकेको छैन । मन्त्रीहरूले कार्ययोजना पेश गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप