मस्कले स्वीफ्टलाई बच्चाकी आमा बनाइदिन्छु भनेपछि...
वाशिङटन डीसी । अमेरिकामा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको राष्ट्रपति चुनावको गर्मागर्मी एलन मस्क र टेलर स्विफ्टसम्म पुगेको छ । चर्चित अमेरिकी गायिका टेलर स्विफ्टले राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई समर्थन गरेकी छन् । तर उनको यस समर्थनले रिपब्लिकन समर्थकहरू असन्तुष्ट छन् ।
उनीहरूले गायिकालाई निशाना बनाउन थालेका छन् । यीनै मध्ये एक चाँहि माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्क हुन् । यस पटकको निर्वाचनमा मस्क खुलेर डोनल्ड ट्रम्पको समर्थनमा उत्रिएका छन् । स्विफ्टलाई निशाना बनाउने क्रममा शब्दको मर्यादा पनि बिर्सिएपछि मस्कको चर्को आलोचना भइरहेको छ ।
ह्यारिस र ट्रम्पबीच पहिलो खुला बहस सकिएलगत्तै स्विफ्टले इन्स्टाग्राममा एक पोस्ट गर्दै ह्यारिस प्रतिभाशाली नेता बन्ने विश्वास व्यक्त गर्दै अराजकताको सट्टा शान्तिको साथ नेतृत्व गर्यौ भने धेरै हासिल गर्न सकिने बताएकी थिइन् । स्विफ्टले बिरालो भएको एउटा तस्वीर शेयर गर्दै चाइल्डलेस क्याट लेडी लेखेकी थिइन् । यो पोष्टमा उनले रिपब्लिकन पार्टीका उपराष्ट्रपति पदका उम्मेद्वार जेडी भेन्सको खिल्ली उडाइरहेकी थिइन् ।
योद्धा नै चाहिने केही हक र अधिकारका लागि लड्ने विश्वास गर्दै गायिकाले ह्यारिसलाई भोट दिने बताएकी थिइन् । यसपछि मस्कले ‘ठीक छ टेलर... तिमी जित्नु... म तिमीलाई बच्चा दिनेछु र अनि ज्यानै दिएर तिम्रो बिरालोको रक्षा गर्नेछु ।’ भन्दै मंगलबार राति मस्कले एक्समा पोष्ट गरेका थिए । मस्कको यो पोष्टमाथि धेरैले गाली वर्षाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण