पोर्चुगलमा हुने मौलिक कला प्रदर्शनी ‘वला फुटुरो’मा नेपालले सहभागी जनाउने
आइतबार, ३० भदौ २०८१, ०७ : २४
पोर्चुगल । पोर्चुगलमा हुने मौलिक कला प्रदर्शनी ‘नमस्ते भविष्य (वला फुटुरो)’ मा नेपालले सहभागी जनाउने भएको छ । युरोप लगायतका १५ वटा देशले सहभागी जनाउने सो प्रदर्शनीमा नेपालले आफ्नो कला संस्कृति दर्साउने भेसभुसा र नाचगानसहित सहभागी जनाउने नेपाल आदिवासी जनजाति महासङ्घका सचिवालय सदस्य टेकबहादुर थापाले बताए ।
‘हामीले नेपालको तर्फबाट सहभागी जनाउने अनुमति पाएका छौँ । यहाँ पहिलो पटक सरकारी स्तरमा हुने कला संस्कृति मा सहभागी हुन पाएका हौं । हामीले नेपाली भेसभुसा र मौलिक नाचगान प्रस्तुत गर्ने छौँ,’ थापाले भने ।
आज अर्थात सेप्टेम्बर १५ मा पोर्चुगलमा रुवा माक्स सिल्भाबाट मार्चपास गर्दै अल्मेदा पार्कमा कार्यक्रम समाप्त हुनेछ । थापाकाअनुसार नेपालको पञ्चेबाजा,परम्परागत पहिरन,मौलिकता दर्साउने नृत्यको प्रस्तुति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण