दुई वटा संसदीय समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिमा सभापतिको निर्वाचन
सोमबार, ३१ भदौ २०८१, ०९ : ४२
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।
सभापतिका लागि नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारी दिएका छन् । एमालेले तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले जयन्तीदेवी राईलाई सभापतिको उम्मेदवार बनाएको छ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पनि सभापतिको निर्वाचन हुनेछ । समितिको सभापतिका लागि नेकपा (माओवादी केन्द्र) को एकल उम्मेदवारी परेकाले माओवादी केन्द्रको तर्फबाट मायाप्रसाद शर्मा निर्विरोध चयन हुने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण