रास्वपा बागमती प्रदेशको रिपोर्ट– चितवनमा ७ हजार र काठमाडौंमा ५ हजारभन्दा बढी सदस्यता वितरण
मङ्गलबार, ०१ असोज २०८१, १२ : १४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा बागमती प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेशसभापति डा अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् ।
मंगलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको भेलामा उनले विभागलाई पूर्णता दिन निरन्तर प्रयास भइरहेको बताए ।
यस्तै ३७ नगर, १ उपमहानर र २ उपमहानगरमा संगठन गठन गरिएको जानकारी दिँदै लामिछानेले चितवनमा ७ हजार र काठमाडौंमा ५ हजार बढी सदस्यता वितरण भएको बताए ।
यस्तै उनले युवाहरूको सक्रिय सहभागिताका लागि क्रियाशील रहेको पनि सो क्रममा बताए । यस्तै उनले पार्टीको विधि विधानमा साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गर्दै पार्टीभित्र युवराज सफल बन्न कोसिस नगर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण