रास्वपा सुदूरपश्चिम प्रदेशको रिपोर्ट– सङ्गठन बनाउनै सकिएन
मङ्गलबार, ०१ असोज २०८१, १२ : ५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा सुदूरपश्चिम प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेश सभापति प्रकाश बिस्टले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् ।
सो क्रममा उनले सुदूरपश्चिममा सङ्गठन बनाउन नै कठिन भइरहेको उल्लेख गरे । पहाडी र हिमाली जिल्लामा पुराना दलहरूले सीमित व्यक्तिलाई समाएर जनतामा डर पैदा गरेको ले पनि सङ्गठन विस्तारमा जटिलता भएको उनले उल्लेख गरे ।
८८ स्थानीय तहमध्ये ५२ पालिकामा र १२५ वडामा समिति गठन भएको उनले उल्लेख गरे । सम्पूर्ण खर्च व्यक्तिले गर्दा पनि साङ्गठनिक काममा सुस्तता आएको उनको बुझाइ छ । रास्वपा अन्तिम आशाको दियो भएकोले ०८४ मा जनतामा आफूहरूलाई अनुमोदन गर्ने बिस्टले बताए ।
आगामी दिनमा सञ्चार माध्यामदेखि आर्थिक, भौतिक र राजनीतिक आक्रमणको सिकार पार्टी बन्ने देखिएको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण