रास्वपा राष्ट्रिय भेला
एक वर्षमा रास्वपाको खर्च साढे ५ करोड, चिया तथा खाजामा मात्रै झन्डै १७ लाख सकियो
मङ्गलबार, ०१ असोज २०८१, १३ : २१
१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा पार्टी सञ्चालन गर्ने क्रममा साढे ५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा पेस गरिएको आय–व्ययको विवरणमा एक वर्षमा पार्टीले ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ खर्च गरेको उल्लेख छ।
जसअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ । यस्तै पुँजीगत खर्च २ करोड ७५ लाख, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ ।

खर्च विवरणअनुसार कार्यालय खर्च शीर्षकमा चिया तथा खाजामा नै झन्डै १७ लाख खर्च भएको छ । प्रतिवेदनमा चिया तथा खाजा शीर्षकमा १६ लाख ७८ हजार ३९६ रुपैयाँ खर्च भएको उल्लेख छ ।

एक वर्षमा रास्वपाले आम्दानी भने ३ करोड ४० लाखमात्रै गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण