प्रहरी चौकीमै प्रहरीको छापा
काठमाडौँ । अपराधी लुकेको वा कुनै गैरकानुनी काम भइरहेको आशंकामा कानुन अनुसार प्रहरीले छापा मार्ने गर्दछ । तर प्रहरी चौकीमै प्रहरीले छापा मारेको अनौठो घटना प्रकाशमा आएको छ ।
भारतको बिहार राज्यस्थित कैमूर जिल्ला अन्तर्गतको सोनहन प्रहरी चौकीमा छापा मारिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार भभुआ थानाका ‘स्टेसन हाउस अफिसर’ (एसएचओ) मुकेश कुमारको नेतृत्वमा प्रहरीको एउटा टोलीले सोनहन प्रहरी चौकीमा छापा मारेको हो ।
उक्त चौकीका प्रहरी अधिकारीले मदिरा सेवन गरेको सूचना पाएपछि छापा मारिएको जिल्लाका एसपी ललित मोहन शर्माले जानकारी दिएका छन् । बिहारमा मदिरा प्रतिबन्धित छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोनहन प्रहरी चौकीका सबइन्सपेक्टर राजीव रञ्जन, सिपाहीद्वय चन्द्रजीत र अमरेन्द्र कुमारलाई मदिरा पिएर लठ्ठ भएको अवस्थामा नियन्त्रणमा लिइएको छ । यस अतिरिक्त एक सर्वसाधारणलाई पनि मादक पदार्थ सेवन गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका चारै जनाको मुत्र र रगत परीक्षणका लागि नमूना पठाइएको अधिकारीहरूले जनाएका छन् । उनीहरूलाई तत्काल निलम्बन गरिएको छ । एसपीले उनीहरूविरुद्ध विभागीय कारबाहीका लागि समेत आदेश दिइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण