सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा

बुधबार, ०२ असोज २०८१, १४ : ३५
बुधबार, ०२ असोज २०८१

रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै प्रदर्शन गरेको छ । मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै मोर्चाले बुधबार गौरमा  प्रदर्शन गरेको हो ।  प्रदर्शनमा विद्यार्थीसहित शिक्षक, अभिभावकका साथै स्थानीयको समेत सहभागिता रहेको थियो ।

विद्यार्थीको अनुपात तहगत र विषयगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक पटक माग गर्दा समेत कुनै सुनुवाइ नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले बताए । मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए । 

सो क्रममा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोधी भएको आरोप समेत लगाए । प्रधानमन्त्री र शिक्षामन्त्रीको विरोधमा नाराबाजी गर्दै उनीहरूले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्न समेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप