नेसनल डे कन्सर्टका लागि यी स्थानमा सडक डाइभर्सन हुने, १४ स्थानमा पार्किङस्थल
बुधबार, ०२ असोज २०८१, २० : ३०
काठमाडौँ । संविधान दिवसको अवसरमा दरबारमार्ग हुने नेसनल डे कन्सर्टका लागि विभिन्न स्थानमा सडक डाइभर्सन गरिने भएको छ । त्यस्तै, १४ वटा स्थानमा पार्किङको व्यवस्था समेत गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार केशरमहल, जयनेपाल र तीनधारा पाठशालाबाट कार्यक्रम स्थलतर्फ जाने सवारी साधनहरू कार्यक्रम अवधिभर पूर्ण रूपमा डाइभर्सन गरिनेछ । त्यस्तै, पहिलो र दोस्रो चरणमा गरी गरिने डाइभर्सनका स्थानहरू पनि तोकिएका छन् ।

त्यस्तै, टुँडिखेल, सुन्धारा, धरहारा, प्रज्ञा प्रतिष्ठान, भृकुटीमण्डप, काठमाडौँ भ्युटावर लगायतका १४ स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण