संविधानको कार्यान्वयनमा उच्चतम समझदारी आवश्यक छ : प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरूले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने बताएका छन् । संविधान कार्यान्वयनमा सबै पक्षको सकारात्मक पहलको ऐक्यबद्धता आवश्यक रहने उनले बताए ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले संविधान कार्यान्वयनको ९ वर्षको अन्तरालमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरू सम्पादन भएको बताए । संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारवालाहरूले पहलकदमी लिन जरुरी रहेको उनको भनाई छ । उनका अनुसार संविधानमा जनताका अधिकार र मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएका छ ।
'केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य हुनुपर्छ । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध संविधानले गरेको छ ।' देवकोटाको सन्देशमा भनिएको छ।
जनताका प्रतिनिधिहरूले संविधान सभामार्फत संविधान निर्माणमा योगदान पुर्याउने शहीदहरूप्रति उनले श्रद्धाञ्जली व्यक्त गरे । जनताको सङ्घर्ष र बलिदानबाट २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको उनको भनाई छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन उत्साह प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण