एनपीएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई छुट्याउनुपर्छ : अध्यक्ष चन्द
बैतडी । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएल खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई छुट्याउनुपर्ने बताएका छन् ।
शनिबार सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको तेस्रो वार्षिक साधारणसभामा अध्यक्ष चन्दले यस्तो बताएका हुन् । जिल्ला र प्रदेशमा उमेर समूहका प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष चन्दले भने, 'ग्रासरूटमा उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जोड दिएका छौँ । यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ । क्यानले गर्ने सहयोगमा कमी हुँदैन ।'
अध्यक्ष चन्दले सरकार भौतिक संरचना निर्माणका लागि अग्रसर भएको उल्लेख गर्दै थप सहयोग आवश्यक रहेको बताए । 'क्रिकेटको माध्यमबाट नेपाल विश्वसामु चिनिएको छ । पूर्वाधार निर्माणमा सरकार गम्भीर बनेको छ । आगामी पाँच वर्षमा देशका विभिन्न स्थानमा पाँच क्रिकेट रङ्गशाला बन्नेछन् । जसले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ,' उनले भने, 'पछिल्लो समय क्रिकेट खेलको विकासका लागि सरकारले सहयोग गरिरहेको छ । यसमा सबै राजनीतिक दलको पनि सकारात्मक समन्वय छ ।'
सुदूरपश्चिम सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार र प्रतियोगिता सञ्चालनका लागि बजेटको व्यवस्था गरेकामा धन्यवाद दिँदै अध्यक्ष चन्दले स्थानीय तहहरूले पनि क्रिकेट प्रतियोगिता सञ्चालनमा ध्यान दिन आवश्यक रहेको औँल्याए ।
खेल क्षेत्रमा राजनीति गर्न नहुने भन्दै उनले राजनीतिलाई खेलकुदको संस्थागत विकासका लागि केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले भने, 'खेलाडी छनोट पारदर्शी हुनुपर्छ । यसमा दायाँबायाँ हुँदैन । खेलाडी छनोट र राम्रो प्रदर्शन गरेका खेलाडीले उचित स्थान र पारिश्रमिक पाएका छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी प्रदेश सभापति घिमिरे निर्वाचित, औपचारिक घाेषणा हुन बाँकी
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण