एनपीएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई छुट्याउनुपर्छ : अध्यक्ष चन्द

बैतडी । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएल खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई छुट्याउनुपर्ने बताएका छन् ।
शनिबार सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको तेस्रो वार्षिक साधारणसभामा अध्यक्ष चन्दले यस्तो बताएका हुन् । जिल्ला र प्रदेशमा उमेर समूहका प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष चन्दले भने, 'ग्रासरूटमा उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जोड दिएका छौँ । यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ । क्यानले गर्ने सहयोगमा कमी हुँदैन ।'
अध्यक्ष चन्दले सरकार भौतिक संरचना निर्माणका लागि अग्रसर भएको उल्लेख गर्दै थप सहयोग आवश्यक रहेको बताए । 'क्रिकेटको माध्यमबाट नेपाल विश्वसामु चिनिएको छ । पूर्वाधार निर्माणमा सरकार गम्भीर बनेको छ । आगामी पाँच वर्षमा देशका विभिन्न स्थानमा पाँच क्रिकेट रङ्गशाला बन्नेछन् । जसले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ,' उनले भने, 'पछिल्लो समय क्रिकेट खेलको विकासका लागि सरकारले सहयोग गरिरहेको छ । यसमा सबै राजनीतिक दलको पनि सकारात्मक समन्वय छ ।'
सुदूरपश्चिम सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार र प्रतियोगिता सञ्चालनका लागि बजेटको व्यवस्था गरेकामा धन्यवाद दिँदै अध्यक्ष चन्दले स्थानीय तहहरूले पनि क्रिकेट प्रतियोगिता सञ्चालनमा ध्यान दिन आवश्यक रहेको औँल्याए ।
खेल क्षेत्रमा राजनीति गर्न नहुने भन्दै उनले राजनीतिलाई खेलकुदको संस्थागत विकासका लागि केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले भने, 'खेलाडी छनोट पारदर्शी हुनुपर्छ । यसमा दायाँबायाँ हुँदैन । खेलाडी छनोट र राम्रो प्रदर्शन गरेका खेलाडीले उचित स्थान र पारिश्रमिक पाएका छन् ।'
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट