विद्युत् महसुल तिर्न तथा नदीको टेन्डर गराउन फतुवा विजयपुरमा ज्ञापनपत्र
रौतहट । मेयरविहीन रहेको रौतहटको फतुवा विजयपुर नगरपालिकाका बासिन्दाको विद्युत् महसुल तिर्न र लालबकैया नदीको टेन्डर आह्वान गर्न सर्वदलीय समितिले ज्ञापनपत्र बुझाएको छ। सर्वदलीय संघर्ष समितिका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएको टोलीले फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहलाई ज्ञापनपत्र बुझाएको हो ।
नगरक्षेत्रका सबै नागरिकको गत असार मसान्तदेखि यस आर्थिक वर्षको विद्युत् महसुल बुझाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ। त्यसै गरी लालबकैया नदीबाट हाल भइरहेको नदी जन्य पदार्थको चोरी तस्करी, अवैध निकासी तत्काल रोक्नुपर्ने र टेन्डर पश्चात् मानव जनशक्ति लगाई बालुवा गिट्टी उत्खनन गर्ने, ट्याक्टर बाट ढुवानी गर्नुपर्ने,जेसिवी डोजर, टिपर लाई नदीमा प्रवेश निषेध गर्नुपर्ने माग गरिएको छ।
लालबकैया नदीमा जेसिवी, डोजर, टिपरको प्रयोगले नदीमा अनियन्त्रित उत्खनन हुने र स्थानीय गरिब विपन्न मजदुरहरू बेरोजगार हुने गरेको सर्वदलीय बैठकको निष्कर्ष रहेको छ।
त्यसै गरी आर्थिक वर्ष २०७७/०७८ र २०८०/ ०८१को फतुवा विजयपुर नगरपालिकाको सबै शीर्षकहरूको आम्दानी खर्चको प्रमाणित कागजातहरू नियमानुसार उपलब्ध गराइनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
सर्वदलीय संघर्ष समितिका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएका ज्ञापनपत्र बुझाउने टोलीमा समाजवादीका बुधाई खान, माओवादीका लालबाबु पटेल, केशव शिवाकोटी, एमालेका उपेन्द्र यादव, कांग्रेसका कुमार शिवाकोटी, जसपाका विजय चौधरी, आमजनता पार्टीका प्रतिनिधि तथा पूर्व वडा अध्यक्ष दीप नारायण साह लगायतको सहभागिता रहेको थियो।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहले सम्पूर्ण माग लाई नगर कार्यपालिका बोर्डको बैठकमा पेस गरी हुने निर्णय अनुसार अविलम्ब कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका अध्यक्ष यादवले जानकारी दिएका छन्।
फतुवा विजयपुर नगरपालिकाका तत्कालीन मेयर गोपाल राय यादव गत निर्वाचन लगत्तै लालबकैया नदीको टेन्डरको मुद्दामा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएसँगै निलम्बित भएका थिए। उनी निलम्बित भएपछि उपमेयर अम्बेया खातुनले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।
तर दुई वर्षको कार्यकालमा हालसम्म लालबकैया नदीको टेन्डर हुन सकेको छैन। कार्यवाहक मेयर खातुनको पहलमा गत आर्थिक वर्षमा नगरभरिका नागरिकको विद्युत् महसुल एकमुष्ट पालिकाले नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखालाई बुझाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण