गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
मङ्गलबार, ०८ असोज २०८१, १७ : २३
सप्तरी । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो । नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ ।
साथै असोज १० देखि १६ गतेसम्म बिहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गराउन सूचनामा उल्लेख छ । कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको नगरप्रमुख ललनप्रसाद गुप्ताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण