प्रधानाध्यापकको सरुवा सम्बन्धी विवादमा नगरपालिका र मेयरको घरमा तोडफोड
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका अन्तर्गत जयकिसान मावि धरहरिका प्रधानाध्यापकको सरुवा सम्बन्धी विवादमा विद्यार्थीहरूले नगरपालिका भवन र मेयरको घरमा तोडफोड गरेका छन् ।
दर्जनौँको सङ्ख्यामा गएका विद्यार्थीले मंगलबार अपराह्न मेयर प्रेमलाल साहविरुद्ध नारा लगाउँदै नगरपालिका अगाडि विरोध प्रदर्शन गरेका थिए । आन्दोलित विद्यार्थीहरूले ढुङ्गामुढा गर्दा नगरपालिका भवनको सम्पूर्ण झ्यालको सिसा फुटेको छ ।
स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीसमेत घाइते भएका छन् ।
जयकिसान मावि धरहरिका प्रधानाध्यापक सञ्जय साहको सरुवाको हल्ला चलेपछि विद्यार्थी तोडफोडमा उत्रिएका हुन् ।
प्रधानाध्यापक सञ्जय साह, वडा ९ का अध्यक्ष बीरबहादुर साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भन्ने श्यामानन्दन साह, स्थानीय राजेश साह, रञ्जन साह, गुदु यादव, नागेन्द्र यादव, लखिन्द्र भन्ने नबी लाल साहले पूर्वाग्रह राखेर विद्यार्थी उचालेर प्रदर्शन र तोडफोड गराएको देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुले बताए ।
मंगलबार नगरपालिकाको कार्यकक्षमा शिक्षा समितिको बैठक चलिरहेको थियो । सोही क्रममा एक्कासी आएका विद्यार्थीको समूहले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग प्रधानाध्यापक संजय प्रसाद साहको सरुवा बदर हुनुपर्ने भन्दै प्रदर्शन तथा तोडफोड सुरु गरेको मेयर कानुले बताए ।
विद्यार्थीद्वारा गरिएको तोडफोड र ढुंगामुढा बाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको मेयर कानुको भनाइ छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले विद्यार्थीका तर्फबाट ढुंगामुढा हुँदा तीन जना प्रहरी घाइते भएको बताइन् । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिइन् ।
वडा अध्यक्ष बीरबहादुर साह, व्यवस्थापन समितिका अध्यक्ष, लगायतका मानिसले दुईदिन अघि प्रधानाध्यापकको सरुवा बदर गर्न भन्दै नगरपालिका र जिल्ला शिक्षा समन्वय ईकाई कार्यालय गौरमा ज्ञापनपत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण