सुर्खेत बसपार्कमा सँधै लफडा : यात्रु तानातान गर्ने तीन जना प्रहरी नियन्त्रणमा
सुर्खेत । सुर्खेतको सिटी बसपार्कमा लफडा भएपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यात्रुलाई तानातान गर्ने र दुःख दिने क्रियाकलापमा सक्रिय समितिका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी गराए ।
उनका अनुसार यसअघि विभिन्न समितिहरू मिलेर बनेको संयुक्त यातायात प्रालि फुटेर छिन्नभिन्न भएको छ । फुटेकाहरू नियम, कानुनभन्दा बाहिर गएर मनमर्जी गर्ने, लडाइँ, झगडा गर्ने र यात्रुलाई तानातान गरेर दुःख दिने काम गरिरहेको उनले बताए ।
बुधवार बिहान पनि सोही विषयमा लफडा भएको र तीन जनालाई नियन्त्रणमा लिइएको विश्वकर्माले बताए ।
‘बसपार्कमा त सँधैको लफडा त छ, यात्रुलाई अनावश्यक दुख दिएको छ, यताउता तानेको छ,’उनले भने, ‘बसपार्कका व्यक्तिहरूका कारण प्रहरीलाई समेत दुःख भएको छ । उनीहरू न नियम मान्छन्, न मिलेर चल्छन् ।’
संयुक्त यातायात व्यवसायी प्रालि मङ्गलवार मात्रै फुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रेसन प्रविधिको बढ्दो लोकप्रियताः के तपाईंलाई आफ्नो ‘पसिनाको स्कोर’ थाहा छ ?
-
सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
-
महाधिवेशन नसकिँदै चितवन छाड्न थाले रास्वपाका नेता, कार्यकर्ता
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण