बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्‍यो

बुधबार, १० असार २०८३, १५ : ०१
बुधबार, १० असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक असार १२ गते शुक्रबारसम्म सारिएको छ ।
  • सङ्घीय संसद् सचिवालयले नियमावली बमोजिम सभामुखले बैठकको समय परिवर्तन गरेको सूचना जारी गरेको छ ।
  • रास्वपाको महाधिवेशन आज सक्ने कार्यतालिका भए पनि नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुन सकेको छैन ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनमा जारी महाधिवेशनका कारण प्रतिनिधि सभा बैठकको समय परिवर्तन गरिएको छ । 

असार ११ गते बिहीबार बिहान ११  बजे बस्ने गरी तय भएको बैठक असार १२ गते शुक्रबारसम्म सारिएको हो। 

सङ्घीय संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो । सूचनामा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ । 

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले हस्ताक्षर गरेर सूचना जारी गरेका हुन् । 

रास्वपाको असार ७ गतेबाट सुरु भएको बैठक आज सक्ने कार्यतालिका थियो । तर, नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद छन्।

pp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप