रुपन्देहीमा दुई जना मृत फेला
बुधबार, ०९ असोज २०८१, १३ : ३२

काठमाडौँ । रुपन्देहीमा दुई जनासहित देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- रूपन्देही, तिलोत्तमा नगरपालिका-६ हरियाली पार्क बस्ने ५१ वर्षीय घनश्याम पाण्डे सोही ठाउँस्थित आफ्नै खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी रूपन्देही, सिद्वार्थनगर नगरपालिका-१ वेलहिया बसपार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, लम्कीचुहा नगरपालिका-५ थापापुर बस्ने ५९ वर्षीय भीम बहादुर रावल आफ्नो घर नजिकै धान बारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, पर्सा गाउँपालिका-५ पर्सा टोल बस्ने बब्लु अंसारीकी छोरी २ वर्षीया आइसा खातुन सोही ठाउँस्थित कुलोमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
- कपिलवस्तु, बाणगंगा नगरपालिका-५ खुटेनी बस्ने २५ वर्षीय रामु खनाल सोही ठाउँस्थित बाणगंगा खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश