रुपन्देहीमा दुई जना मृत फेला
बुधबार, ०९ असोज २०८१, १३ : ३२
काठमाडौँ । रुपन्देहीमा दुई जनासहित देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- रूपन्देही, तिलोत्तमा नगरपालिका-६ हरियाली पार्क बस्ने ५१ वर्षीय घनश्याम पाण्डे सोही ठाउँस्थित आफ्नै खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी रूपन्देही, सिद्वार्थनगर नगरपालिका-१ वेलहिया बसपार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, लम्कीचुहा नगरपालिका-५ थापापुर बस्ने ५९ वर्षीय भीम बहादुर रावल आफ्नो घर नजिकै धान बारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, पर्सा गाउँपालिका-५ पर्सा टोल बस्ने बब्लु अंसारीकी छोरी २ वर्षीया आइसा खातुन सोही ठाउँस्थित कुलोमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
- कपिलवस्तु, बाणगंगा नगरपालिका-५ खुटेनी बस्ने २५ वर्षीय रामु खनाल सोही ठाउँस्थित बाणगंगा खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण