बढ्यो सेयर बजार, परिसूचक २५१९ बिन्दुमा उक्लियो
काठमाडौँ । तीन कारोबार दिनपछि बुधवार सेयर बजार परिसूचक (नेप्से) उच्च अङ्कले बढेको छ । २४७३ बिन्दुबाट सुरु भएको कारोबार ४९ अङ्कले बढ्दै परिसूचक २५१९.५७ बिन्दुमा उक्लिएको हो ।
यसअघि आइतबार कारोबार ११.५८ अङ्कले बढेको थियो । सोमबार र मंगलबार भने बजार समान ५९/५९ अङ्कले घट्यो । आज २२३ कम्पनीको मूल्य बढेको छ । १८ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको स्थिर रह्यो ।
परिसूचक उच्च अङ्कले बढे पनि आज कारोबार रकम भने घटेको छ । बुधवार ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ५ अर्ब ५३ करोडको कारोबार भएको थियो ।
बुधवार पाँच वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत् लगायत कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो ।
नेप्सेमा सूचीकृतमध्ये सामूहिक लगानी कोष उपसमूहको सूचक ०.०१ प्रतिशतले घटेको छ भने बाँकी सबै उपसमूहको सूचक बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दसैँ बजार : वारि सुनसान, पारि भीडभाड
-
संयुक्त राष्ट्रसंघद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु
-
जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
-
जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का
-
झिलीमिली बत्तीले सिँगारिए राजधानीका शक्तिपीठ
-
के सुत्नु अघि नुहाउनु राम्रो हो ?