जापानमा चुलियो चामल अभाव
टोकियो । चामल जापानको मुख्य खाद्य वस्तु हो । सुशीदेखि ओनिगिरी र याकितोरी डोनसम्म कयौँ परिकारमा चामलकै प्रयोग हुन्छ । तर अहिले जापानले दशकौँयताकै उच्च चामल अभावको सामना गरिरहेको छ ।
खराब मौसमका कारण चामल उत्पादन प्रभावित भएकै समयमा पर्यटकको आगमनमा भएको वृद्धिका कारण चामलको माग बढ्दा हालैका महिनामा चामल अभाव झनै चर्किएको छ । यस वर्षको गर्मीयामभरि जापानमा सुपरमार्केटमा चामलको बोरा खासै धेरै देख्न पाइएन ।
गएको तीन वर्षयता त्यहाँ चामलको उत्पादन भन्दा माग धेरै छ । यसले गर्दा चामलको सञ्चिति २० वर्षकै न्यून स्तरमा झरेको अमेरिकी कृषि मन्त्रालयले गत हप्ता सार्वजनिक गरेको प्रतिवेदनमा भनेको थियो । जापानमा ताइफुको सिजन नजिकिँदै गरेको अनि ठुलै भूकम्प जाने चेतावनीबिच उपभोक्ताहरूले पनि जगेडा चामल थुपारेर राख्न थालेका छन् ।
अगस्टमा चामलको अभाव भएपछि जापानी सुपर मार्केटहरूले एक जनाले एक झोला चामल मात्रै किन्न पाउने नियम ल्याएका थिए । पर्यटकहरूको आगमन बढेसँगै चामलको प्रयोग गरेर बनाइने सुशीलगायत परिकारको माग बढ्दा आंशिक रूपमा चामलको अभाव भएको एनएचकेले भनेको छ ।
अगस्टमा जापानमा प्रति ६० केजी चामलको भाउ १६ हजार १३३ येनमा पुगेको थियो । यो अघिल्लो महीनाको तुलनामा ३ प्रतिशत धेरै हो भने यस वर्षको सुरुयता ५ प्रतिशत धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण