एरिक्सन नायक र खलनायक दुवै बन्दा रोकियो युनाइटेड
ओल्ड ट्राफोर्ड । क्रिस्टियन एरिक्सन नायक र खलनायक दुवै बन्दा म्यानचेस्टर युनाइटेड युरोपा लिगको पहिलो खेलमा डच टोली ट्वेन्टेसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
एरिक्सनले खेलको ३५ औँ मिनेटमा शानदार गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा उनले नै बलमा नियन्त्रण गुमाउँदा साम लामर्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको अन्त्यतिर युनाइटेडले खेल आफ्नो पक्षमा पार्ने अवसर पनि पाएको थियो । तर, ट्वेन्टेका गोलकिपर लार्स अनरस्टलले जोसुवा जिर्कीको प्रहारलाई रोकेका थिए । अनरस्टलले यसअघि मेस हिल्गर्सको आत्मघाती गोलको सम्भावनालाई बचाऊ गरेका थिए ।
गत सिजन च्याम्पियन्स लिगको समूह चरणमा एउटा मात्र जित निकाल्दै पुछारमा रहन बाध्य बनेको युनाइटेडले युरोपा लिगको नयाँ सिजनमा पनि निराश सुरुवात गरेको छ । अब टोलीले ३ अक्टोबरमा पोर्टोको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण